कोशी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्वाे लिम्बूले जानकारी दिए । मन्त्री लिम्बूले आइतबार प्रदेशका केही जिल्लाको प्रकोप प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए।

बैठकले विपद्मा घाइते भएकाहरुको उपचार, भौतिक पूर्वाधार (घर) पुनर्निर्माण, बाढी पहिरोका कारण क्षति भएका पुल, सडक तथा राजमार्गको मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेको र चाँडो भन्दा चाँडो यातायात सुचारु गर्न पहल गरिने उनलेे वताए ।