वीर अस्पतालले शुक्रबारदेखि सात सय जनरल बेडलाई ‘फ्री बेड’मा परिणत गर्ने निर्णय गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलपछि यो निर्णय भएको हो ।

यसअघि अस्पतालले सामान्य विधाका लागि प्रतिदिन दुई सय रुपैयाँ लिने गरेको थियो । यस्ता बेड अहिले बिरामीका लागि नि:शुल्क उपलब्ध छन् ।

अस्पतालमा सामान्य बेड, केबिन बेड र सघन उपचार कक्ष (ICU) गरी जम्मा ९६० शय्या छन्।

देशको सबैभन्दा पुरानो स्वास्थ्य संस्था वीर अस्पताल न्याम्ससँग आबद्ध छ र सन् १९४७ मा ५ जना कर्मचारीसहित सात शैयाको संस्थाको रूपमा स्थापना भएको थियो ।