केही समय अगाडि उनलाई चिनियाँ सरकारले बेपत्ता पारेको हुन सक्ने आशंका गरि विश्वभर चर्चा गरिएको थियो

चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड बिमान मार्फत अचानक नेपाल प्रवेश गरेका छन् ।

उनि विशेष चार्टर्ड बिमान मार्फत उनी मङ्गलबार दिउँसो करिब साढे २ बजेतिर त्रिभुवन विमान स्थलमा अवतरण गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याकमा नेपाल आएको पुष्टि गरे । तर उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।

चिनियाँ सरकार र उनको विवादका कारण उनको कम्पनी आन्ट ग्रुपले जारी गर्न लागेको संसारकै ठूलो आईपीओ समेत रोकिएको थियो ।