आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा बीमा सेवा सञ्चालन गरिने
२०८० असार १६, शनिबार ०७:२१
स्वास्थ्य बीमालाई व्यवस्थित गर्नुपर्ने सरकारकाे नीति रहेछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताए
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै बसौलाले स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रूपमा सञ्चालन हुन नसकेको जानकारी दिए
बसाैला भने, ‘प्रथम सेवाबिन्दुका किटान भएपछि भन्ने छ, सायद हामी यो असार भित्रमा दुई वटा थप गर्दैछौँ । अब आउने आर्थिक वर्षको प्रथम त्रैमासिकमै सबै स्थानीय तहमा बीमा सेवा सुचारु हुन्छ ।
स्वास्थ्य बीमा स्वायत्त निकाय हो, तर स्वायत्त हुन सकेको छैन । जञ्जिरले बाँधिएको छ। जञ्जिरले बाँधेर दौडी भनेर सकिँदैन । ७ वर्षसम्म हामीसँग आफ्ना कर्मचारी छैनन्, स्वास्थ्य बीमा बोर्डले काजमा कर्मचारी ल्याएर कति दिन चलाउने, सबैको अपेक्षा अनुसार कसरी काम गर्ने ?
आफ्नै कर्मचारी नभएसम्म सोचेअनुसारको काम हुन सक्दैन ।
हाम्रो स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित हो । जसले सक्दैन उसलाई राज्यले हेर्छ, जसले सक्छ सहयोग गर्छ । अब भोलिका दिनमा बीमाले सरकारलाई सहयोग गर्ने हो । सरकारले हेर्ने होइन ।’
कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभई आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्ने गरी प्रभावकारी रूपमा काम गर्न आवश्यक नीति, नियम बनाउन आवश्यक छ ।




