गोरखा सदरमुकाम स्थित गोरखा नगरपालिका–७ सतिपिपलमा रहेको एक घरबाट प्रहरीले ५४ किलो गरगहना बनाउन प्रयोग हुने क्वार्ज क्रिष्टल बरामद गरेका हुन् ।

उक्त धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहिबार बिहान प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा पुगेर उक्त ढुंगा बरामद गरेको हो । ‘त्यस घरमा लाखौं मूल्य पर्ने क्वार्ज क्रिस्टल किनबेचको चर्चा चलिरहेको र पश्चिम नेपालतिरबाट मान्छेहरु हेर्न आउने जाने गरेको एक–डेढ महिनादेखि सूचना रहेको एसपी अनुपम श्रेष्ठले बताए

बिहिबार पनि उनीहरु आएर महँगो मूल्यमा खरिद गरेर लैजान लागेको भन्ने सूचना पस्चात बरामद गरेको प्रहरीले जनाएको छ । ‘भिडियोकल गरेर विज्ञलाई देखाउँदा ढुंगा पारदर्शी र लाइट बाल्दा प्रकाश वारपार हुँदा प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वार्ज क्रिष्टल भन्ने खुल्न आएको र आधिकारिक रुपमा विज्ञद्वारा परीक्षण गर्न पुरातत्व विभाग पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी श्रेष्ठले बताए ।

साथै एसपी श्रेष्ठले परीक्षणको नजिता अनुसार थप अनुसन्धान अघि बढाउने र किनबेचको बिषयमा भने आवश्यक अनुसन्धान भइरहेको बताएका छन ।