सामान्यतया विश्वको सबैभन्दा शक्तिशाली मुद्रा अमेरिकी डलरलाई मानिन्छ। अमेरिकी डलर विश्वव्यापारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा हो। कूल व्यापारमा झन्डै ८० प्रतिशत कारोबार डलरबाट हुने गरेको छ। तर, अचम्म के छ भने विश्वको सबैभन्दा बढी कारोबार हुने डलर कुवेतको मुद्रा ‘दिनार’ भन्दा धेरै तल छ।

कुवेतको मुद्रा दिनार संसारको सबैभन्दा बलियो मुद्रा हो। १ दिनारले ३.२६ अमेरिकी डलर खरिद गर्छ। पर्सियन खाडीमा रहेको कुवेतको छिमेकी इरानको रियाल विश्वकै कमजोर छ। कुवेत साउदी अरब र इराकको बीचमा पर्सियन खाडीमा अवस्थित छ। यसले तेलको प्रमुख विश्वव्यापी निर्यातकर्ताका रूपमा धेरै सम्पत्ति कमाउँछ। कुवेती दिनार सन् १९६० देखि चलनचल्तीमा छ।

बहराइनको मुद्रा दिनार विश्वको दोस्रो बलियो मुद्रा हो। १ दिनारले २.६५ डलर किन्छ। बहराइन साउदी अरबको पूर्वीतटमा पर्सियन खाडीमा रहेको एउटा टापु देश हो। कुवेतजस्तै बहराइनले तेल र ग्यास निर्यातबाट धेरै पैसा कमाउँछ। बहराइनी दिनार सन् १९६५ मा चलनमा आएपछि डलरमा पेग गरिएको हो।

ओमानको मुद्रा रियाल विश्वको तेस्रो बलियो मुद्रा हो। १ रियालले २.६० डलर किन्छ। ओमान संयुक्त अरब इमिरेट्स र यमनको बीचमा अरबी प्रायद्वीपको पूर्वी छेउमा अवस्थित छ। यसको धनी छिमेकीहरू जस्तै ओमान तेल र ग्यासको प्रमुख निर्यातक मुलुक हो। ओमानी रियाल १९७० मा चलनमा ल्याइएपछि डलरमा पेग गरिएको थियो।

डलरभन्दा अन्य धेरै देशका मुद्रा धेरै बलिया छन् किनभने तिनीहरू डलरभन्दा बढी मूल्यवान छन्।