भोजपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२०८० असार २६, मंगलवार ०९:३९
भोजपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
राष्ट्रिय खोप क्यालेन्डरअनुसार पाँच वर्षमुनिका बालबालिकालाई पूर्ण खोप लगाएपछि सोमबार यस्तो घोषणा गरिएको हो ।
यसअघि जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिएको थियो ।
स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जिल्लाका पाँच वर्षमुनिका सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ प्रकारका खोप अभियान जारी रहने वताए ।
योसँगै भोजपुर पूर्ण खोप सुनिश्चितता भएको कोशी प्रदेशको चौथो जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले जिल्ला पूर्ण रुपमा खोप सुनिश्चित भएको घोषणा गरेका थिए ।
सो अवसरमा स्थानीयलाई खोप उपलब्ध गराउने प्रयासका लागि नौवटै स्थानीय तहको प्रशंसा गरिएको थियो ।




