माेरङ , रेवतिरमण काेइरालाको नेतृत्वमा लायन्स क्लब अफ टंकिसिनवारी ग्रिनसिटीकाे नयाँ कार्य समिति गठन गरिएको छ ।

लायन्स क्लब टंकिसिनवारी ग्रिनसिटीकाे वर्ष २०२३/२४ का लागि अध्यक्ष पदमा काेइराला निर्विरोध चयन भएका हुन् । वुढीगंगा गाउँ पालिका बसेर व्यवसाय सँगै मानवीय सेवामा पनि निरन्तरता दिइरहेका काेइराला सहित अन्य पदाधिकारी पनि चयन गरिएको छ ।

साे सभाम बुढीगंगा गाउँ पालिका अध्यक्ष जितनारायण थापा मगरले नयाँ अध्यक्ष ला. रेवतीरमणलाई वधाई एव समाजकाे आवश्यकता वुझेर अगाडि वढ्न हाैशला दिएका छन् ।


साे सभामा एरिया काेडिनेटर ला.सुवाेध काेईरालाकाे नयाँ समितिलाई शुभकामना दिदै समाजकाे हित हुने कार्यहरू गर्न प्रेरित गर्नुभएको छ ।

सप्तकोसी डे वैकका शाखा प्रवन्ध दर्शन राज न्याैपानेले युवा व्यवसायी नव निर्वाचित अध्यक्ष रेवति रमण काेईरालाले समाजमा असल कार्यहरू गरि उत्कृष्ट कार्यकालकाे सफलता शुभकामना दिनुभएको छ

काेईरालाकाे नेतृत्वमा लायन्स क्लब अफ टंकिसिनवारी ग्रिनसिटीकाे व्यापक र थप प्रभावकारी रूपमा समाजलाई सेवा गर्ने विश्वास गरिएको छ भनी सचिव खेम भट्टराईले वताए ।

साे सभामा ला. लिला भक्त खड्का , समाजसेवी वाेधनारायण विश्वास लगायतकाे उपस्थिति रहेको ला मिना विश्वासले जानकारी दिइन् ।