नेपाल विद्यार्थी संघ माेरङको अध्यक्षमा सराेज पाेखरेल मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमितीको रोहवरमा नेपाल विद्यार्थी संघले पुर्णता पाएको छ ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि पाेखरेललाई नेपाल विद्यार्थी संघ माेरङ जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको सचिव गुडु शाहले बताईएका छन्

नेपाल विद्यार्थी संघ माेरङको अध्यक्ष पद रिक्त रहेको थियो । अध्यक्षको उमेरहद ३२ वर्ष रहेको छ ।

यस्तै उपाध्यक्षमा कृष्ण श्रेष्ठ,सचिव गुड्डु साह मनोनित हुनुभएको छ । सह–सचिवमा शंकर बुढाथोकी,सुभम भट्टराई , सदस्यहरु मोहम्मद सहजादआलम, सन्जोग गौतम ,बिक्रम पुरी, नवराज विष्ट , सुजन भट्टराई , एकराज राजवंशी, तिलक पौडेल, सरु श्रेष्ठ र युज्ञान रेग्मीलाई मनोनित गरेकाे जानकारी गराए