धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि डेंगुको उपचारका लागि ३० शय्या छुट्याएको छ । ३० शैयाको डेंगु वार्ड आइतबारदेखि सञ्चालनमा आएको हो । अहिले धरान उपमहानगरपालिका सुनसरी र आसपासका क्षेत्र डेंगुको चपेटामा परेका छन्

सुनसरी र आसपासका क्षेत्रमा डेंगुका बिरामीको सङ्ख्या बढ्दै गएकाले बीपीकेआइएचएसमा रहेका ‘केन्द्रीय आपतकालीन’ र ‘डेंगु क्लिनिक’ जस्ता स्वास्थ्य संस्थाले अवस्थालाई सम्हाल्न पर्याप्त नरहेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा डा प्रल्हाद कार्कीले बताए ।


विगत दुई दिनदेखि ५० शैयाको ‘अब्जर्भेसन वार्ड’ डेंगुका बिरामीले ओगटेको छ । वार्डमा ८५ प्रतिशत शैया डेंगुका बिरामीले ओगटेका छन् । अस्पतालको आकस्मिक वार्डमा दैनिक ६० देखि ७५ जना डेंगुका बिरामी आउने गरेका छन्