युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग बाइडेनले भेटघाट गर्न पुगे
२०७९ फाल्गुन ८, सोमबार १८:२७
राष्ट्रपति बिडेनले पोल्याण्डको सिमानाबाट करिब १० घन्टा रेल यात्रा गरे र रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही मिनेटअघि मात्र आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्।
“जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ! तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो,” उनले लेखेका छन्।
पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन्।
अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको भ्रमणले अमेरिकाले लोकतन्त्र, सम्प्रभुता तथा क्षेत्रीय अखण्डाताप्रतिको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्




