हर्ड नेपाल संस्थाको तेश्रो साधारण सभा सम्पन्न
२०८० श्रावण १५, सोमबार ०९:२७
माेरङ विराटनगर , हर्ड नेपाल संस्थाको तेश्रो साधारण सभा मिति २०८० सालको श्रावन महिनाको १३ गते हर्ड कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रमको प्रमुख अतिथि बर्जु गाउपलिकको अध्यक्ष श्री जिवछ राय ज्यु र बिशिस्ट अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगर ज्यु बाट शुभकामना मन्तब्य दिनु भएको थियो।
प्रमुख अतिथि बर्जु गाउपलिकको अध्यक्ष श्री जिवछ राय र बिशिस्ट अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरले संस्थाले गरेको कामलाई उच्च प्रसंसा गर्दै आउने आर्थिक बर्षमा पनि गाउँ पालिकाहरुमा सहकार्य गरेर आगामी दिनमा काम गर्नको लागि समेत प्रतिवद्धता गर्नु जनाए ।
कार्यक्रममा हर्ड नेपालले आ.व. २०७९/८० मा संचालन गरेका कार्यक्रमहरुको प्रगति, आम्दानी र खर्च बिबरण हर्ड Provincial Team Leader- program का श्री ज्ञानु गौतमले प्रस्तुतीकरण गर्नु भएको थियो ।उक्त साधारण सभाबाट नया कार्यकारी संचालक समिति गठन गर्नु भएको थियो र आउने २ बर्षको लागि अझ प्रभावकारी बनाई समुदाय स्तरमा काम काज संचालन गर्न लाई योजना सहित प्रस्तुत गर्नु भएको थियो ।
यो तेस्रो साधारण सभाबाट संस्थाले बर्ष भरिमा उत्कृस्ट काम गर्ने कर्मचारी श्री ज्ञानु गौतमलाई मेडल,प्रमाण पत्र दिएर सम्मान गरेका थिए भने पशुपति चौधरी र रामविलाश चौधरी पनि मेडल प्रमाण पत्र दिएर सम्मान गरेका थिए भने संस्थाले volunteer हरुलाई प्रमाण पत्र र खादा लगाएर प्रसंसा सहित सम्मान गरेका थिएभने बर्जु गाउँ पालिका र बुढीगंगा गाउँ पालिका लाई पनि मायाको चिनो र प्रमाण पत्र दिएर सम्मान गरेका थिए।

साथै कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख डा. सुरेश मेहता, हर्ड नेपाल का सल्लाहकार श्री उमेश कुमार गुप्ता ज्यु, समाजसेवी श्री गोबिन्द प्रसाद पोख्रेल, लगायत गैर सरकारी संस्था र सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम रहेको थियोे ।
साे सभामा हर्ड नेपालका संस्थाका संस्थापक अध्यक्ष श्री राकेश कुमार यादवको अध्यक्षतामा गरेका थिए ।





