भारतमा सफाइ मजदुरले चिट्ठा जिते दस करोडौँ रुपैयाँ
२०८० श्रावण १७, बुधबार ०९:३४
भारतमा गत जुन महिनामा दक्षिणी राज्य केरलाका ११ जना महिला सफाइ मजदुरहरूले संयुक्त रूपमा चिट्ठाको टिकट किन्न पैसा उठाए।
गत साता आफ्नो समूहले १० करोड भारतीय रुपैयाँ बराबरको रकम जितेको थाहा पाउँदा उनीहरूको खुसीले सीमा नाघ्यो।
उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्।
सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले दैनिक २५० रुपैयाँजति ज्याला पाउँछन्।
कहिलेकाहीँ स्थानीय निगमले ती महिलाले जम्मा गरेर छुट्ट्याएको फोहोर बेच्छ र सङ्कलित रकमको केही अंश उनीहरूलाई पनि दिन्छ।




