काठमाडौं महानगरपालिकाले कोभिड–१९ खोप अभियान सञ्चालन गर्ने
२०८० श्रावण १८, बिहीबार १०:०१
काठमाडौं महानगरपालिकाले आगामी भदौ ६ गतेदेखि नौ वडालाई लक्षित गरी पुनः एक पटक कोभिड–१९ खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
१२ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियानको उद्देश्य रहेको काठमाडौं महानगरपालिका कार्यालय स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए ।यहाँका केही नागरिकले खोपसमेत नपाएको स्थानीय सरकारले सरुवा रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । काेभिड १९ खोपको एक खुराक। भदौ ६-७ गते वडा नं ६, ११, १४, १७ र ३१ र भदौ ८–९ गते वडा नं १२, १५, १९ र ३२ मा आयोजना हुनेछ ।
काठमाडौंमा ९० प्रतिशत नागरिकले खोपको पहिलो डोज लिएका छन् भने ८८ प्रतिशतले दोस्रो डोज, ४३ प्रतिशतले तेस्रो डोज खोप लगाएका छन् र ६ प्रतिशतले मात्रै चौथो डोज लिएका छन्, कामपा कार्यालय खोप शाखा अभियानका प्रमुख डा. गौतमले भने जानकारी दिएका छन्




