डेंगुका लक्षण, कसरी बच्ने उपाय
२०८० भाद्र ४, सोमबार ११:५९
वर्षाको समयमा डेंगुको संक्रमणले ठूला–साना सबै उमेर समूहका व्यक्तिहरुलाई प्रभावित हुने चिकित्सकहरुले बताएका छन् । बुढीगंगा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव रेग्मीले डेगुं पोथी प्रजातिको एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने वताए ।
“वर्षाको मौसममा किटजन्य रोगहरुमा डेंगु पनि देखिने गरेको छ । उक्त लामखुट्टे सफा पानी जमेको ठाउँमा बस्छ र डेंगु संक्रमण फैलाउँछ । डेंगु भाइरसको कारण हुने संक्रमण हो,”उनले भने, “डेंगुको संक्रमण बालबालिकामा छिटो र सजिलै देखिने हुँदा अभिभावकलाई डेंगुको संक्रमणबारे जनचेतना हुनु अति आवश्यक छ ।”
डेंगुका लक्षण
कमजोरी महसुस हुने
अचानक ज्वरो आउनुका साथै घाँटी दुख्ने ।
खान मन नलाग्ने ।
भोक नलाग्ने ।
वाकवाकी लाग्ने
मांसपेशी र जोर्नीमा दुखाइ हुने ।
शरीरमा रातो बिबिरा देखिनु ।
यसरी बच्ने तरिका
पानीका भाँडाकुँडा, ट्यांकी छोपेर राख्ने
घर वरपर सफा राख्ने ।
शरीर छोप्ने कपडा लगाउने ।
पानीका भाँडाकुँडा छोपेर राख्ने
घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
झुलभित्र सुत्ने
लामखुट्टेका लार्भा नष्ट गर्ने ।
लामखुट्टे आउन नदिन किटनाशक औषधी छर्किने




