नेपाली सेनाको सहयोगमा स्थापना भएका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा ६० हजार भन्दा बढी सर्पदंशका बिरामीको उपचार भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा देशका विभिन्न स्थानमा स्थापना भएका २३ वटा सर्पदंश उपचार केन्द्रले ६ हजार ४६७ सर्पदंश उपचार केन्द्रबाट उपचार गराएको थियो ।

सबैभन्दा बढी सर्पदंशबाट प्रभावित २३ जिल्लामध्ये १८ जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन् र नेपाली सेनाले चौबीसै घण्टा उपचार सेवा प्रदान गर्ने गर्दछ जसले सर्पदंशबाट हुने मृत्युदर घटाउन मद्दत गर्छ ।

समयमै उपचार नपाए सर्पदंशबाट मानिसको ज्यान जान सक्छ । केन्द्रमा हालसम्म १ लाख १६ हजार ३ सय ५१ जनाले सर्पदंशबाट उपचार गराएका छन् ।

झापाको चारआली, मोरङको कालापानी–लेटाङ, सुनसरीको इटहरी ब्यारेक, उदयपुरको बेलका, कटारी र भुल्के, सप्तरीको कल्याणपुर, सिरहाको बन्दीपुर र चौहरवा, कपिलवस्तुको गोरुसिङ्गे र बहादुरगञ्जमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।

महोत्तरी जिल्लाको बर्दिवासमा स्थापना भएको सर्पदंश उपचार केन्द्रले हालसम्म सबैभन्दा बढी (३० हजारभन्दा बढी) सर्पदंशका बिरामीको उपचार गरेको छ ।

त्यस्तै सर्लाहीको लालबन्दी, पर्साको निर्मलबस्ती, नवलपरासीको त्रिवेणी, दाङको गडवा, स्वागद्वारी, प्युठानको दिवाङ, बाँकेको ओभरी र इमामनगर, बर्दियाको ठाकुरबाबा, कञ्चनपुरको अर्जुनी र कैलालीको गौरीगंगामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।

नेपाली सेनाको सहयोग विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वर्षेनी २० हजारभन्दा बढी मानिस सर्पदंशबाट पीडित हुने र वार्षिक एक हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालको २६ जिल्ला सर्पदंशबाट सबैभन्दा बढी प्रभावित छन् । नेपालमा करिब ९० प्रजातिका सर्प पाइन्छ । तीमध्ये १७-२० प्रजाति विषालु पाइएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्यु र अशक्ततालाई ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

नेपाली सेनाले सर्पदंशको उपचार मात्र गर्दैन, समुदायमा पुगेर सचेतना कार्यक्रम पनि सञ्चालन गर्छ