गाँजा खेतीको विषयमा बजेटमा प्रवेशसंगै समितिहरूमा फेरि चर्चा वढेकाे छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु गाँजा खेतीलाई वैध बनाउनुपर्नेमा एकमत देखिएका छन् । यसका लागि सरकारसँग छलफल गर्ने समितिको तयारी गरिरहेकाे छ

गाँजा खेती वारे नीति कार्यान्वयनको अवस्था कस्तो छ भनेर अर्थमन्त्रालयलाई सोधेर अगाडि बढ्ने समिति सभापति डा.आरजु राणा देउवाले प्रस्ताव गरेकी छन् ।


आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजा खेतीबारे सम्भाव्यता अध्ययन गर्न बजेट नै छुट्टई कार्यहरू वढाईरहेकाेछ ।

गाँजा खेतीमा लगाइएको प्रतिबन्ध छिटोभन्दा छिटो फुकुवा गरी किसानलाई खेती गर्ने अवसर दिनुपर्ने र नेपाली गाँजालाई अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने समिति सदस्यहरुको माग छ ।