जनकपुर–अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन हुने
२०८३ कार्तिक २९, शनिबार २३:०५
रामायण सर्किट जोड्ने भारतको पहल, दुवै देशका तीर्थयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा
विराटपाटी अनलाइन | समाचार विश्लेषण
भारतले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ। प्रस्तावित रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
भारतीय रेल मन्त्रालयका अनुसार करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवा प्रत्येक शनिबार जनकपुरधामबाट र सोमबार अयोध्याबाट सञ्चालन हुने गरी तयारी गरिएको छ।
रामायण परम्परासँग ऐतिहासिक तथा धार्मिक रूपमा जोडिएका यी दुई स्थललाई रेलमार्गबाट जोड्ने योजनाले दुवै देशका तीर्थयात्रीलाई धार्मिक यात्रा गर्न सहज बनाउने विश्वास गरिएको छ। जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा मानिँदै आएको छ।




