नेपाल बीमा प्राधिकरणको नेतृत्वमा राजन विक्रम थापा
२०८३ कार्तिक १९, बुधबार २३:०१
काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा थापालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास, विस्तार र विश्वसनीयता अभिवृद्धिका लागि निडर तथा निर्भीक भएर काम गर्न अध्यक्ष थापालाई निर्देशन दिएका छन्।
बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सर्वसाधारणको बीमाप्रतिको विश्वास बढाउनु नवनियुक्त नेतृत्वका लागि महत्वपूर्ण जिम्मेवारीका रूपमा रहेको छ।
विराटपाटी संवाददाता




