सुन प्रतितोला चार सयले बढ्यो
२०८० भाद्र १८, सोमबार १५:१५
आज नेपाली बजारमा हलमार्क सुनको मूल्य प्रतितोला ११३ हजार ९ सय ६६ ग्राम कायम भएको छ । अघिल्लो दिन प्रतितोला ११२ हजार ६ सय रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको हो ।
कामदार सुनको मूल्य आज प्रतितोला ११२ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा १ हजार ४ सय ६५ रुपैयाँ छ, अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले बढेको छ




