हिन्दु धर्ममा श्रीकृष्ण जन्माष्टमीको विशेष महत्व रहेको छ । पञ्चाङका अनुसार भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन भगवान् श्रीकृष्णको जन्मजयन्ती हर्षोल्लासका साथ मनाइन्छ । यस विशेष दिनमा रोहिणी नक्षत्रमा भगवान श्रीकृष्णको पूजा गर्नाले साधकलाई विशेष लाभ प्राप्त हुन्छ।

प्रत्येक वर्ष भाद्रपद कृष्ण पक्षको अष्टमी तिथिमा मनाइने श्रीकृष्ण जन्माष्टमी यसपटक विशेष मानिएको छ । पुराणका अनुसार भगवान कृष्णको जन्म मध्यरातमा भएको थियो ।
व्यापानी अष्टमी तिथी र रोहिणी नक्षत्रमा भयो। यस वर्ष भदौ २० गते सर्वार्थ सिद्धि योग बन्न लागेको र बुधबार चन्द्रमा वृष र रोहिणी नक्षत्रमा भएकाले ३० वर्षपछि विशेष योग बन्न लागेको हो । त्यसैले यस वर्षको श्रीकृष्ण जन्माष्टमीलाई सुख, समृद्धि र मनोकांक्षा दिने फलदायी मानिन्छ ।

श्रीकृष्णको पूजा कसरी गर्ने ?

विशेष ग्रह नक्षत्रमा भएकाले यस वर्ष जन्माष्टमीलाई निकै शुभ मानिएको छ । श्री कृष्णका भक्तहरूका लागि आध्यात्मिक साधना गर्नको लागि यो धेरै महत्त्वपूर्ण समय हो। प्रत्येक जन्माष्टमी शुभ हुन्छ र श्रीकृष्णले भक्तहरूको सबै दुःख हरण गर्नुहुन्छ। तर यदि तपाईंले कुनै विशेष समय र नक्षत्रमा पुजा,ध्यान र भजन कीर्तन सहित श्री कृष्ण कथा र लीला अमृतको पाठ गर्नुभयो भने, भगवान कृष्ण प्रसन्न हुनुहुनेछ र तपाईंलाई सुख, समृद्धि र सफलताको आशीर्वाद दिनुहुनेछ।