काेसीमा मुख्यमन्त्रीमा कार्किले शपथ लिने
२०८० भाद्र २२, शुक्रबार १५:१५
सर्वोच्च अदालतको परमादेश जारी गरेपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार (आजै) मुख्यमन्त्रीको शपथ लिने छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो साथै मन्त्री परिषद् पनि गठन हुने संभावना रहेको छ ।




