गौहत्याको विरोध गर्दै काठमाडौँमा सद्भाव र्‍याली निकालिएको छ। वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौँको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नारा लगाएका थिए। उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए।

नेपालमा आफ्नो धर्म, संस्कृति विरोधि गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्‍यालीमा सहभागीहरुले बताएका छन्।