कांग्रेसले नेतृत्व गरि सरकार बनाउनुपर्ने :शेखर काेईराला
२०८० भाद्र २३, शनिबार २२:०१
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताए
आज (शनिबार) चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको वताए । कांग्रेसविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको साथै यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने वताए ।
अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको धारणा राखेका छन्
वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने विचार व्यक्त गरेका छन्
नेता कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको र नेता–कार्यकताले यसलाई अन्त्य गर्न जरुरी रहेको बताए




