ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १८ जना रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने केशव तुलाधरलाई साधारण तारेखमा छाड्न आदेश भएको हो।

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो।

कसलाई कति धरौटी ?

१) मीनबहादुर गुरुङ– २ करोड २६ लाख
२) शिवजी भट्ट–३ लाख ३० हजार
३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
५) कलाधर देउजा –१५ लाख
६) घमन कुमार कार्की– ७ लाख ५० हजार
७) गोपाल कार्की –७ लाख ५० हजार
८) विनोद पौडेल- १५ लाख
९) योगराज पौडेल-७ लाख ५० हजार
१०) नारायणराज मिश्र -७ लाख ५० हजार
११) अरुण कुमार श्रेष्ठ -७ लाख ५०
१२) ध्रुव प्रसाद अर्याल -३ लाख ३० हजार
१३) बाबुराजा महर्जन- १ लख १० हजार
१४) देवनारायण महर्जन – १ लाख १०
१५) सकलानन्द महर्जन- १ लाख १० हजार
१६) सञ्जय कुमार महर्जन- १ लाख १० हजार
१७) लोकरि घिमिरे -७ लाख ५० हजार