गौ हत्याको बिरोधमा राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने
२०८० भाद्र २५, सोमबार २०:०१
राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको बिरोधमा आन्दोलन गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनावर गाईको हत्या गरिएको बिरोधमा यहि भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाले जानकारी दिएको छ ।
आज राप्रपाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै भदौ २७ गते आन्दोलन गर्ने जानकारी दियो ।
उक्त आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने छ




