संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भयाे ।

दुईपटक संविधानसभाको अध्यक्षसहित पाँचपटक सभामुख भएका नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको उनका स्वकीय सचिव कृष्ण काफ्ले वताए

राति १ बजेतिर हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो। उनी हाल एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत हुन्।