जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्न राजनीतिक सहकार्य र सहमति आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा साेमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थायित्व र जनताका समस्या सम्बोधन गर्न तयारी गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाली काँग्रेसको सल्लाहमा समाजवादी मोर्चा बनेको र त्यसलाई पार्टीले साथ दिने बताए ।

उनले कांग्रेस र समाजवादी मोर्चा आपसी सहयोगी भएको भन्दै लोकतन्त्र, आर्थिक विकास, समृद्धि, संघीयता र गणतन्त्रलाई संस्थागत गर्न यस्तो सहकार्यलाई थप प्रवद्र्धन गर्नुपर्ने बताए ।