पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सुरु
२०८० भाद्र २७, बुधबार १९:०६
पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप आजदेखि देशभर सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा महिला अस्पतालमा आयोजित कार्यक्रममा एचपीभी खोपको शुभारम्भ गर्नुभयो ।
यो खोप देशभरका सबै प्रदेशका सबै संघीय/प्रादेशिक अस्पतालहरूमा पनि उपलब्ध हुनेछ।
खोपको शुभारम्भ गर्दै मन्त्री बस्नेतले सीमित साधन र श्रोतका बाबजुद सबै किशोरी (१५ वर्ष अर्थात १४ वर्ष पूरा भए पनि १५ वर्ष ननाघेको) सुनिश्चित गर्ने व्यवस्था सरकारले गर्ने आश्वासन दिए ।
उनले परोपकार अस्पतालको इतिहास र महिला रोगको उपचारमा योगदान पुर्याउने गरी खोप अभियान सुरु गरिएको बताए ।
मन्त्रीले सबै जिल्लामा खोप लगाउन आफूले पहल गरिरहेको जानकारी दिए ।
सरकारले हालका लागि भ्याक्सिनका २० हजार शीशी खरिद गरेको छ ।
६ महिनाको अन्तरालमा दुई पटक खोप लिनुपर्छ ।




