पिता ओमराज कोइराला र माता चित्रकुमारी कोइरालाको नाममा श्री प्रभात आधारभूत विद्यालय गोलान्जोर ६ देउराली टारमा गरीब तथा जेहेन्दार छात्र,छात्रालाई छात्रवृत्ति वितरण गर्न ओमराज चित्रकुमारी कोइराला स्मृति अक्षय कोष स्थापना गरिएको छ । हाल अक्षयकाेषमा एक लाख रकम राखिएको छ ।

कोष स्थापनाका वारे

सिन्धुली जिल्ला बाशेस्वर ( हाल गोलाम्जोर ) देउरालीटार निबासी कृष्णदत्त कोइराला र हर्ककुमारी कोइरालाको कान्छो छोरा ओमराज कोइरालाको १९८३ सालमा जन्म भइ ओखलढुंगा जिल्ला माम्खा निबासी नन्दराज पोखरेल र रत्नाकुमारी पोखरेलको जेठी छोरी चित्रकुमारी पोखरेल संग १९९८ सालमा बैबाहिक सम्बन्धमा बाधिएर दुई छोरी र एक छोरा जन्मिय पश्चात २०२२ सालमा साना लाला बाला र श्रीमतीलाइ छाडी ओमराज कोइरालाले बैकुण्ठ गमनको यात्रा प्रस्तान गर्नु भयो ।

उहाले सानै उमेरमा राजनीति क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गरेको कुरा २०१५ सालका गृहमन्त्रि सुर्यप्रसाद उपाध्यायकाे परिबार जनामा भन्नु भएको र उहाँका समकालीन साथीहरुबाट प्रस्ट हुन्छ |

पूर्व २ नम्बरमा हुलाक सेवाको स्थापना ; सुकुमबासीलाई पुनर बासको ब्यबस्था , किसानका समस्याका बिषयमा राज्य सत्तालाइ दबाब दिन संगठन गर्ने काम जस्ता गरेर जिम्मेवारी लिनु पर्ने समय नजिक रहदा गृहिणी र साना नानीहरुलाई छाडेर परलोक जानु भयो ।

शिक्षामा ज्योतिषशास्त्र अध्ययन पुरा गर्नु भएको र सबैले राम्रो शिक्षा लिनु पर्छ भन्ने आसयले स्कुलहरुको स्थापनामा निकै सहयोग गरेका कुरा त्यस समयका मानिसहरु बताउनु हुन्छ ।

शुद्ध गृहिणी चित्रकुमारीले साना दुई छोरी र एक छोरालाई हुर्काउने ,बढाउने र पढाउदा भोग्नु परेको पिडा ,अप्ठ्याराहरु सहजै अनुमान लगाउन सकीन्छ ।
त्यति अप्ठ्याराका बाबजुद पनी शिक्षा ,अनुसाशन ,इमान्दारिता, लगनसिलता र कर्तब्य निष्ट बनाउन सदैब प्रयत्नरत हुनुहुन्थ्यो । सत् चरित्र र असलमनकी धनी चित्रकुमारी कोइरालाले पनि २०७७ सालमा ९३ बर्षको उमेरमा बैकुण्ठ गमन गर्नु भयो ।

उहाहरुका जेठी छोरी बुका कोइराला बराल ,कान्छी छोरी रुका कोइराला खतिवडा छोरा शिबराज कोइराला बुहारी सिता दाहाल कोइराला , नाति छविरमण कोइराला ,नातिनी बुहारी उमादेबी शर्मा कोइराला , नाति शासिशेखर कोइराला ,नातिनी बुहारी कल्पना दुलाल कोइराला ,नातिनी मुना कोइराला धमला ,नातिनी ज्वाई दिपक धमलाको सत्प्रयास बाट एकलाख धन राशीको अक्षय कोष स्थापना गरि त्यसबाट आउने ब्याज बाट गरिब ,जेहेन्दार छात्र,छात्रालाई नगद पुरस्कारका रुपले प्रदान गर्ने गरि स्थापना गरिएको छ |

सिन्धुली जिल्ला बशेस्वर (हाल गिलान्जोर )देउरालीटार अबस्थित श्री प्रभात आधारभूत बिद्यालय जस्को स्थापनामा माता पिताको ठुलो योगदान रहेको र आफुहरुले पनि सोहि बिद्यालयमा पढने र पढाउने कार्य गरेकाले कार्य क्षेत्रको निर्धारण गरिएको छ | यस सस्थाको अध्यक्षमा छोरा शिबराज कोइराला ,सचिबमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण कोइराला ,सदस्यमा गोलान्जोर गा,पा .वडा न. ६ का वडा अध्यक्ष रबिन श्रेष्ठ,सदस्यमा बि.व्य.स.अध्यक्ष सोवित रम्तेल ,सदस्यमा छविरमण कोइराला गरि पाँच सदस्यीय रहेको छ ।