स्थानीय तहले आफ्नो क्षेत्र अधिकार प्रयोग गर्दै काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गर्याे

मेयर बालेन साहकै निर्देशनमा बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३ अनुसार मापदण्ड कायम गरेर व्यवसाय दर्ता गर्न भनेको हो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. अवधेश झाका अनुसार काठमाडौं महानगरमा ८० प्रतिशत दूधको खपत खुला रुपमा हुने बिक्रीले धानेको छ । तर, ती मध्यै ९० प्रतिशत व्यवसाय दर्ता भने छैनन् ।

अहिले खुल्ला रुपमा दूध बेच्ने र अन्य डेरीको दूध बेच्नेहरु दर्तामै छैनन् । केही डेरी मात्रै दर्ता छन् । किराना पसल, साना पसलहरु कुनैपनि दर्ता छैनन् । हाम्रो लक्ष्य पहिले सबै दर्तामा ल्याउने भन्ने छ,’ झाले अनलाइनखबरसँग भने ।
उनले मापदण्ड अनुसार दूध बेच्ने पसलमा के–के बेच्न पाइन्छ भनेर अनुगमन समेत गर्ने तयारी गरेको बताए । झाका अनुसार काठमाडौंको वडाबाट नै व्यवसाय दर्ता गर्न सकिने व्यवस्था रहेको छ