चीनका रक्षामन्त्री ली साङ्फू हराए
२०८० भाद्र २९, शुक्रबार १९:१३
चीनका रक्षामन्त्री ली साङ्फू केही समययता सार्वजनिक स्थानबाट हराइरहेको समाचार विश्वभर चर्चा चलेको छ ।
ली साङ्फु गत मार्चमा मात्रै रक्षामन्त्री नियुक्त भएका हुन् । उनि दुई हप्ताभन्दा बढी समयदेखि सार्वजनिक स्थानमा नदेखिएको सीएनएनले उल्लेख गरेकाे छ ।
चिनमा पछिल्लो समयमा सत्तारूढ कम्युनिस्ट पार्टीको माथिल्लो तहका नेताहरू गायब भइरहेको विषयले रक्षामन्त्री लीको अवस्थालाई लिएर पनि अनेकौ टिकाटिप्पणी गरिरहेकाछन् ।
फाइनान्सियल टाइम्सले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले लीलाई अनुसन्धानको दायरामा राखिएको विश्वास गरेको उल्लेख गरे
वाल स्ट्रिट जर्नलले पनि बेइजिङ स्रोतलाई उद्धृत गर्दै लीलाई गत हप्ता सोधपुछका लागि लगिएको जनाएको छ । तर, कारण भने खुलाइएको छैन ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा लीको अवस्थाबारे सोध्दा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आफूलाई सो अवस्थाबारे जानकारी नभएको बताएका छन्




