राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं
पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै उनले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराए। दसैँमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको उनको विचार राखेका छन् ।

आज तिज विशेष कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन मेचीनगरले धुलाबारीमा आयोजना गरेको छ ।
साे कार्यक्रममा उनले तीज, दसैँलगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताए।

‘तीज र दसैँजस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ,’ उनले भने, ‘यी चाडपर्व सदियौँदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन्। पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ।’

लामो समयदेखि सबै जातजाति मिलेर एकअर्कालाई स्नेह ,प्रेम बाड्दै मनाउने चार्ड पर्वले हामीलाई एकतामा जाेडेकाे छ भनेर उनलेे वताए ।