देशभरका स्वस्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने
२०८० भाद्र ३०, शनिबार २१:३७
नेपाल चिकित्सक संघले आईतवारदेखि देशभरका स्वस्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने घोषणा गरे
हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने घोषणा गर्न वाध्य भएको संघले जानकारी दिएको छ ।
केही दिन अघि संघले हेटौँडाको सञ्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त विडामीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो।
संघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा नल्याएको हुँदा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जनायाे




