नारी निर्णयको पहिलो दिन तिज
२०८० भाद्र ३१, आईतवार २०:३८
तीजको व्रतको खुब चर्चा हुन्छ । तीज ब्रतले महिलाहरुको अपमान गरेको छ । पतिको आयु बढाउने ब्रत बस्नाले महिलाको अपमान गरेको भनेर नेपालभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन अझ महिला अधिकारबादी डाक्टर आदि स्वास्थ्यकर्मी चाहि भोको बसेपछि मरिहालिन्छ भन्छन् । त्यसले महिलाको जीवन बर्वाद गर्यो र यो रुढी हो, अन्धविश्वास हो । आधुनिक वैज्ञानिक स्पुतनिक लिएर संसार हाक्ने मान्छे भएका बखत यो चलन गर्न मानिस अझै जङ्गली छ भनी प्रमाणित गर्नु हो पनि भन्छन् । आजभोलि पढेका प्राध्यापक शिक्षक सचिव अधिकृत हुने साहित्यकार आदि पनि आफु ब्रत बसे पनि खोइ उहिल्यैदेखि बस्यौ किन हो, म पनि बसी दिएं भन्छन् । म शरीर शुद्ध बनउनमन शुद्ध बनाउन भगवान् भक्तिमा बसेको हुँ भन्दैनन् भन्न पनि चाहदैनन् । बास्तवमा यो तीजको प्रचलन कहिलेदेखि चलेको हो । यो चाडमा ब्राह्म्ण, क्षेत्री, बैश्य, शुद्र चारैवर्णका स्त्रीजाती बडो उल्लासमय रुपमा सामेल हुने मान्दिर जाने पूजा लगाउने गरेको देखिन्छ ।
अविवाहित कन्याले, तन्नेरी सुस्वास्थ्य जोडी भएकी बिवाहिताले, विधुवा बुढीबुढीले लिएकै देखिन्छ । पतिको आयुर्दाका लागि हो भने पति वितेर आफु पनि बुढी भई सक्ता पनि यो ब्रत किन बसेका होलान् ।त्यति मात्र होइन घरमा पालेको बिरालो कुकुर पनि स्वस्थ्य होस् मुसामार्न र चोरलाई तर्साउन सकून्भनेर पनि खानपिन आदि दिएर स्वस्थ्यबनाई बडी बाचोस् भन्छन् भने आफ्नो पतिको आयुर्दा बडाउन ब्रत बस्दा यत्रो टाउको दुःखाउनु किन परेको होला । प्रश्नहरु मनमा खेल्छन् । पहाडे चारै वर्णका महिलाले यो २४ घण्टे ब्रत बस्दा कोकोहलोे मच्चाउने संचार माध्यम अधिकार कर्मी महिलावादीहरु अन्य स्थान क्षेत्रका जितिया, छठ नदीमा नै डुबेर वा किनारमा ४८घण्टे ब्रत बस्ने पतिपुत्र आदिको सुख समृद्धिको कामना गर्नेहरुलाई यसो नगर मरिहालिन्छ भन्दैनन्, किन ?
के मधेशका महिलाहरु चै अस्वस्थ्य हुंदा ठिकै हुन्छ भनेको हो कि । ती महिलालाई उपबास बस्दा केही हुदैन भन्ने विज्ञान छ र यस्ता प्रश्न हरेक साउनदेखि भदौ भरि छरिरहन्छन् । अर्कोतर्फ ब्रत उपासना पारिवारिक स्वस्थ्यता सम्बन्धको नवीकरण हो भन्ने चाहि लिङ्गीय मनोरञ्जनको अवसर भन्ने कुरा नबुझेर तीजमा विकृति भनेर धार्मिक सामाजिक विद्वान् भनाउनेका गफ झन्ठुलाछन् ।
ठूला ठूला होटलमा तीज बाहेक दिनमा एक्लै बसेर खाने र खुवाउनेहरु आफ्नै लिङ्गीसँग बसेर खादाँ त्यो होटलको पक्वान पेय पदार्थ नदेख्नेले पनि देख्न पाए । आधुनिक चलन, फेसन, पनि ब्रतका दिनमा होइन अरु नै दिन मा नै देखे भने के बकृति भो । अर्थात् यो तीजमाथि किन खनिनु परेको हो, सबैले चिन्तन गर्न पर्ने देखिन्छ ।
तिजको ब्रतलाई हरितालीका ब्रत भन्छन् । भाद्र शुक्ल तृतीयाका दिन यो ब्रत लिइन्छ । त्रितियाबाट तिज शब्द बनेको हो भने ।"हरिता आलिभि:यस्यां सा " हरितालिका अर्थात् साथीहरुले हरण गरेर ल्याएको बेला गरिएको ब्रत भनेर हरितालिका भनिएको हो ।
यस ब्रतको व्यक्तिमा पर्ने प्रभाव भन्दा ठूलो सामाजिक जीवनमा महिलाका जीवनशक्तिमा पार्ने प्रभाव विशेष किसिमको बुझिन्छ । ईश्वरले भन्नु हुन्छ ।
"श्रृणु, देवि ब्रतं बक्ष्ये नारिणां ब्रतमुत्तमम् करिष्यसि प्रयत्नेन यदि सौभाग्यमिच्छसि।"
भगवान् शिवले यो हरितालिका ब्रतको महिमा बताउँदै नारीहरुको सबै भन्दा उतम ब्रत हो भन्नु भएको छ । आफ्नो सौभाग्य चाहान्छौ भने यो ब्रत गर । आफ्नो समुन्नति आफ्नो अस्तित्व चाहानु दास नहुने यो ब्रत गर्नुपर्छ । याे ब्रत नारीले वस्ता के पाउछन् भन्दा सप्तजन्मभवेद्राज्यं सौभाग्यंचैव बर्द्धते,भनेर राज्य ऐश्वर्य युक्त नारी हुन्छन् भन्ने उल्लेख हुदाँ नारीको अस्तित्व उठ्छ कि गिर्छ ।
भगवान् भन्नु हुन्छ यो बर्त बस्नाले सप्तजन्मभवेद्राज्यं सौभाग्यंचैव वर्ध्दते
यो ब्रत विधिपुर्वक जुन नारी गर्दछे, सो नारी तिमी पार्वती समान आफ्ना पतिको साथ रमण गरेर अनेक सुख भोग भोगी अन्त्यमा आफ्ना पति सहित शिवजीका सायुज्य मुक्ति पाउछे भन्ने शिवजीका भनाईले महिलाको स्व। अस्त्वि वा भोगको व्रत हो भन्ने कुरा प्रकट गर्दैन र ? शिव पति पाउने इच्छा राखेर मन सङ्गकल्पबाट पार्वती विविध ब्रत पूजा आजा गर्दथिन, बालककाल मै । अहिलेको भाषामा प्रेम (लभ)गर्दथिन् । शिवमा भक्ति गर्दथिइन ।
विष्णुभगवानलाई कन्या चाहिने भएपछि पार्वती पिताको घरमा हिमालय समक्ष नारद कन्यार्थी भएर आए । शैलराज पार्वती पिताले बासुदेवस्यन्देव: कन्याम्प्रार्थयते यदि तदामयाप्रदातव्या तदागमन गौरवात अर्थात्
यदि स्वयम् बासुदेव कन्या माग्नु हुन्छ र हजुर जस्तो देवर्षि कन्यार्थी भई आउनु पनि गौरव ठान्दै मेरी छोरी पार्वती विष्णुलाई दिन योग्य ठानेर दिएँ भने ।
यस्तो हिमालयको वचनदान पाएर शंखचक्रधारी विष्णुकोमा पुगेका नारदले शृणदेवभवत्कार्यविवाहो निश्चितस्तव भनी
हिमालयले छोरी दिए विवाह निश्चित भयो भनी नारद भने । हिमालयले पनि तिम्रो विवाह विष्णुसँग हुने भयो भनेर खशी हुदै पार्वतीलाई सुनाएँ । कुनै अवस्थामा विष्णुसँग विवाह नगर्ने शिवजीसँग विवाह गर्ने इच्छापुरा गर्न निराहार बसेर जप ध्यान पूजा गर्ने गरेकी पार्वतीलाई चित्त बुझेन ।
पिताको बचन निर्णय विपरीत पार्वतीको नारी चेतनाले विद्रोह गर्यौ । उसले महिला साथीहरुको आश्रय खोज्यो । साथीहरुसाथ मन खोलिन् र साथी हो मेरा पिताले मेरा मनले चाहेको पति शिव छोडेर विष्णुलाई दिने बचन दिनु भएकाले, म बरु मर्छु बाबुले दिएका भनेर विष्णुका साथ विवाह गर्दिन भन्छिन् । साथीहरुले पनि हिमालयले नभेट्टाउने जङ्गलमा लैजान्छन हिमालय छोरी खोज्दै कसले हरण गर्यो भनेर बनजङ्गल देश देशावर कुद्छन् । जादाँ अनकन्टार जङ्गलमा साथीहरुले घेरिएको अवस्थामा फेला पार्छन । किन यस्तो गरेकी भने हिड् घर जाउँ भन्दा मैले शिवजी पति वरण गर्ने निर्णय गरेको विषयमा ध्यान नदी विष्णुसँग विवाह गर्ने निर्णय गरेको मलाई मन नपरेकाले मेरा नारी साथीहरुको साथमा यहाँ आएकी हु । विष्णुसँग विवाह गर्ने कुरा छाडेर मेरो विवाह शिवजीसँग विवाह गरिदिन
मञ्जुर गर्नु हुन्छ भने घर फर्किन्छु, होइन भने म यही जङ्गलमा बस्छु भनी भन्दा हिमालयलाई छोरीको निर्णय स्वीकार गर्न बाध्य बनाइन् । विष्णुुलाई छोरी दिने हिमालय बाबुलाई छोरी बाबुकै निर्णयमा हिड्न तयार छैनन् भन्ने सन्देश दिएर छोरीको निर्णयमा पुरूष बाबुले शिवजीसँग विवाह गरिदिएको हरितालिका तीजको कथा प्रसङ्ग देखिन्छ ।
मलाई लाग्छ, नारी अस्तित्व चेतनाको सृष्टि प्रारम्भमै व्यक्त भएको कुरा किन जागृत नारी हौ भन्नेहरुले यस ब्रतको विरोध गर्नु परेको होला, ब्रत बस्ने पर्व मान्नेहरुको विरोध गरेर यो सभ्यता धर्म विरोधीको साखुल्ले बन्ने प्रयत्न पो हो कि भन्ने लाग्छ । जानिफकारहरुले छुट्याउनु होस् नारी स्वाभिमान स्वतन्त्राताको दिनको विरोध होइन सम्मान गरेर संसारकै मान्छे अथवा आर्यवर्तमा नारी दिवस तिजको दिनलाई बनाउदा महिलाको श्रेष्ठता र विवेकको सम्मान हुने छ ।
(लेखक प्रा .कविराज न्याैपानेका विचार हुन् )




