डा. शेखर कोइराला समूहको बैठक
२०८० आश्विन २, मंगलवार १०:५०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक मंगलबार बस्दै छ। बैठक नेता कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्ने तय भएको उक्त समूहका नेता एक नेताले जानए ।
बैठकमा इतर समूहको भूमिका र आकार बढाउने सन्दर्भमा छलफल हुनेछ ।
बैठकमा संस्थापन समूहका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ। पार्टीको केन्द्रीय समिति बैठकअघि शेखर समूहले छलफल आह्वान गरेको हो। बैठक दिउँसो एक बजेपछि बस्ने तय भएको छ।
कांग्रेस केन्द्रीय समिति बैठक यहि असोज ४ गते बस्दैछ। यसअघि असोज २ गते बस्ने तय भएको बैठक दुइ दिन पर धकेलिएको हो।




