आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भएको छ 

सहमति भएपछि नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौं केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजकै मितिदेखि अन्त्य गरेका छन्

सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने सहमति भएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले ६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।