प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच न्यूयोर्कमा भेटवार्ता
२०८० आश्विन ५, शुक्रबार २०:४३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाका राष्ट्रपतिबीच आज न्यूयोर्कमा भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच न्यूयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भेटमा अमेरिकी राष्ट्रपतिकी पत्नी जिल बाइडेन र प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालले पनि भेटवार्ता गरेका थिए




