प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन् उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै चीन पुगेका छन् 

उनलाई चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन पुगेका छन् ।

प्रधानमन्त्री दाहाललाई हाङजाओ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री ही ली फाङले स्वागत गरेका छन्

उनी १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। उक्त समाराेहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी कार्यक्रम रहेको छ ।

शनिबार साँझ ४ बजे प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता हुनेछ। भेटवार्ता अगाडि प्रधानमन्त्री दाहाल राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन्।