कुनै समय देशकै अव्वल उद्योग ,व्यापार हाेस् वा राजनीतिमा चिर परिचित नगरी विराटनगर थियोे ।

यस नगरले आफ्नै माैलिकता ,पहिचान हराउँदै गएको बेला उत्साहित युवाहरूले  वडा दसैँ सडक महोत्सव गर्ने भएका छन् 

 आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवका संयोजक जतिन ताम्राकारले सडक महोत्सवमा विभिन्न जातजातिका खानेकुरा, मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम, बालबालिकाका लागि मनोरञ्जन गतिविधि, चित्रकला लगायत अन्य गतिविधि रहने वताए ।

संयोजक ताम्राकारले यहीं असोज २८ गतेबाट कार्तिक ४ गतेसम्म हुने महोत्सवमा नेवारी, मारवाडी, राई लिम्बू, राजवंशी र स्थानीय जातीय  लगायतका खानेकुरा परिकार बनाएर विक्री गरिने जानकारी दिए ।

 ताम्राकारले महानगरदेखि जिल्ला प्रशासन कार्यालयसम्म कार्यक्रमको लागि स्वीकृत लिइसकेकाे वताए ।

विराटनगरको महेन्द्र चौकबाट ट्राफिक चौकसम्म हुने सडक महोत्सव सकारात्मक देखिए मासिक रुपमा समेत कार्यक्रम गर्न सकिने गरी महानगरसँग कुरा भएको ताम्राकारको जनाए 

सडक महोत्वसमा २० देखि २५ वटा नयाँ तरिकाको स्टल रहने बताएका ताम्राकारले खानपानसंगै हस्तकलाका सामाग्री समेत उपलब्ध हुनेछन् ।