चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

  प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी ली छ्याङबीच स्थानीय समयानुसार १० बजेर ५५ मिनेटमा ग्रेट हल अफ द पिपुलमा भेटवार्ता गरेका छन् 

    यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नेछन् ।

पूर्वनिर्धारित बैठकका लागि प्रधानमन्त्री दाहाल ग्रेट हल अफ द पिपल पुगेका छन् । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

 द्विपक्षीय भेटपछि आज पारस्परिक सहयोग र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लीले स्वागत भोजको आयोजना गरेका छन् ।