इन्द्रजात्रा हेर्न अमेरिका र चीनका पाहुना आउने
२०८० आश्विन ८, सोमबार १९:०४
काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा साँस्कृतिक पर्व अवलोकन गर्न अमेरिका र चीनका पाहुना नेपाल आउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा ठूलो चाड हो र लामो समयदेखि उपत्यकाको पहिचानसँग जोडिएको छ।
कामपाले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । महोत्सवमा सहभागी हुन दुवै देशका २२ जना पाहुना आउने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
कार्यक्रममा अमेरिकाको फ्रेडेरिक्सबर्ग सहर र चीनको नान्जिङ, छेङ्दु र झेङझाउ सहरबाट पाहुना आउनेछन्, उनले वताए ।
इन्द्रजात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कामपाले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापित भएका देश विदेशका नगरपालिकाबाट पाहुना बोलाउँदै आएको छ । ती पाहुनाहरू हनुमान दरबार स्क्वायर, हाण्डिगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रका सम्पदा हेर्ने र अवलोकन गर्ने तयारी भइरहेको उनले बताए । सबै पाहुना आउँदो मंगलबार आउनेछन्, उनले थपे।
जात्राको पहिलो दिन दिवंगत आत्माको चिरशान्तिको कामना गर्न सहभागीहरूले कान्तिपुरी नगर परिक्रमा गर्नेछन् । असाेज ११ यस वर्ष महोत्सवको मुख्य दिन हो। सो दिनको भीडलाई मध्यनजर गर्दै व्यवस्थापनले विशेष सुरक्षा व्यवस्था गरेको छ । सो दिन १ सय ८० स्वयंसेवक परिचालन गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगरीय प्रहरीको विशेष सुरक्षा रहनेछ
चाडपर्वमा आगलागी हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै दमकलको पनि व्यवस्था गरिएको छ । पर्वको अन्तिम दिन असोज २ गते हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघ, भेडासिंह, बाँध (इन्द्रचोक) र माखन क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
कार्यक्रम तालिका अनुसार लिंगो (काठको पोल) खडा गर्ने कार्य २६ सेप्टेम्बर बिहान १०:३७ बजे हुनेछ। त्यस्तै भदौ २७ गते जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा निस्कनेछ ।
जात्रामा राज्य प्रमुखले जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरी पूजा गर्ने चलन छ । राजा जयप्रकाश मल्लको पालामा जात्राको प्रचलन सुरु भएको जनविश्वास छ




