राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज विभिन्न चार देशका नेपाली राजदूतले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने राजदूतमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (युएई), घनश्याम लम्साल (कुवेत) र रामप्रसाद सुवेदी (फ्रान्स) रहेका छन् ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।