नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरे  , उनलेे  कांग्रेस रुपान्तरण अभियानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’नेतृत्वमा रहेका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाएर समाजवादी मोर्चालाई सरकार चलाउन दिन प्रस्ताव समेत राखेका छन् ।

महामन्त्री थापाले  गठबन्धनभित्र नयाँ बहस चलाउनुपर्ने धारणा राखे। थापाले गठबन्धनमा सहमति भए अनुरुप प्रचण्ड पछि बन्ने माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने तर कांग्रेस उक्त सरकारमा नजाने प्रस्ताव गरे ।

 उनलेे  नेपालपछि कांग्रेसले नेतृत्व गर्ने अढाई वर्षको समयमा कांग्रेस एक्लैले सरकार चलाउन पाउनुपर्ने सर्त राखे। 

‘यो दुई अढाई वर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ। पहिला प्रचण्ड जी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ। उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ। पार्टी एउटै बनाउने भन्ने छ। मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं। 

उनलेे भने दुई अढाई वर्ष उहाँहरुलाई एक्लै चलाउन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं। अनि प्रधानमन्त्री को कति समय बन्ने प्रधानमन्त्री प्रचण्डजी र माधवजीहरु आफैँ तय गर्नुहुन्छ।’