जितिया पर्व २०८० को अवसरमा बुधबार  बिबिध कार्यक्रम गरी थारु महिला लगायत अन्य समुदायका महिला समेत मिलेर सामुहिक दर खाएका छन्  ।

तराईका महिलाको महान पर्व जितिया शुभ साईतमा परेकोले सामुहिक रुपमा जितियाकाे महत्त्व चर्चा गर्दै  साँस्कृतिक कार्यक्रम गरेका छन् ।

आश्विन महिनामा जिवितपुत्रिका वा जितिया व्रत मनाइन्छ। हिन्दू क्यालेन्डर अनुसार प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमीका दिन जीवितपुत्रिका व्रत मनाइन्छ । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथीदेखि नवमी तिथीसम्म महिलाहरूले जीवितपुत्रिकाको निर्जला व्रत बस्ने गर्दछन् ।

 यो व्रतलाई जीवितपुत्रिका व्रत, जिउतिया, जितिया वा ज्युतिया व्रत पनि भनिन्छ। यस व्रतको पुण्य प्रभावले सन्तानको आयु लामो हुने जनविश्वास छ ।

सो क्रममा बुढीगंगा वडा न ५ स्थित थारु महिला साँस्कृतिक कार्यक्रम गरि सामुहिक दर खाएर  भव्यरुपमा  गरेका छन् ।

उक्त कार्यक्रममा  बुढीगंगा गाउँ पालिका अध्यक्ष जितनारायण थापा मगरले जितिया पर्वकाे महत्त्व चर्चा गर्दै शुभकामना दिए 

पालिका उपाध्यक्ष  अमृता गच्छदारले यस पर्वले पति ,सन्तानको कल्याणका निमित्त निराहार भई व्रत गर्ने वताईन् ।

साे कार्यक्रमकाे संगिता चाैधरी सभापतित्वमा भएको थियोे । उनलेे जितिया मनाउने विभिन्न जातजाति महिलाहरू मिलेर र अन्य समुदायको पनि सहयोगमा याे कार्यक्रम गरिएको वताईन् ।

जसमा पुर्व संसद विरेन्द्र माझी ,नेका जिल्ला सहसचिव भुवनेश्वर मंडल , सप्तकोसी वैकका शाखा प्रवन्ध दर्शनराज न्याैपाने , वडा न३ का अध्यक्ष तिलकनाथ मंडल, सदस्य लाेकनाथ चाैधरी र मिथिला आचार्य , स्थानीय नेता विष्णु वुढाथाेकी ,महिला नेतृहरू सुषमा चाैधरी,प्रमिला गच्छदार ,श्रीकुमरी ,सुनिता माझी र सपना काेईराला ,चन्द्रकला चाैधरी लगायत धरै संख्यामा महिलाकाे उपस्थिति रहेको कार्यक्रम संचालिका मिना विश्वासले जानकारी दिईन्