पाँच दिनको वर्षापछि मौसममा सुधार हुने
२०८० आश्विन १८, बिहीबार १०:०९
विगत पाँच दिनदेखि परेको अविरल वर्षापछि आजदेखि देशभरको मौसममा सुधार आएको छ ।
कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलीय स्थितिमा अझै सुधार आउने अपेक्षा गरिएको छ । देशको पूर्वी भूभाग न्यून चापीय प्रणालीको आंशिक प्रभावमा रहेको मौसमविद् गोविन्द झाले अहिले उत्तरपश्चिमतिर सर्दै कमजोर हुँदै गएको बताए ।
यस्तो परिवर्तनले सिक्किम र यसको वरपरका क्षेत्रहरू, साथै बंगलादेशमा प्रभाव पार्नेछ। कोशी प्रान्तमा बाक्लो बादल छ भने अन्य क्षेत्रमा आकाश सफा रहेको उनले बताए । आगामी दुई–तीन दिन हल्का वर्षाको सम्भावना रहे पनि अब भारी वर्षाको सम्भावना भने छैन ।
महाशाखाका अनुसार आज कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
त्यस्तै आज राति कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ




