तरुण दलको शपथ आइतबार, देउवा पनि उपस्थित हुने
२०८० आश्विन १८, बिहीबार ११:१०
नेपाल तरुण दलको विस्तारित कार्यसमितिको शपथ असोज २१ आइतबार गरिनेछ ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको तदर्थ समिति विस्तार भएको तीन महिनापछि असोज २१ गतेका लागि तरुण दलको शपथ कार्यक्रम तय गरेका छन्
असार १३ गते कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ४०० जना सदस्य मनोनित गरेका थिए
तरुण दल केन्द्रीय सदस्य विष्णु भुर्तेलले आइतबार शपथ कार्यक्रम हुने बताए ।
उनका अनुसार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शपथ कार्यक्रम हुनेछ । ‘अब आइतबार शपथ कार्यक्रम हुने टुंगो लागेको छ, शपथग्रहणपछि तरुण दल अझै बढि उर्जा भरिने साथै गतिशील बन्छ भनेर केन्द्रीय सदस्य भुर्तेलले बताए ।




