अमेरिका जाने डिभीको आवेदन खुल्यो
२०८० आश्विन १८, बिहीबार १७:२४
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन बुधवार रातिबाट खुला हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समय अनुसार बुधवार राति ९:४५ बजेबाट डिभी भर्न सकिने जनाएको छ । डिभीको आवेदन कात्तिक २९ गते राति १०:४५ बजे बन्द हुने छ ।
डिभी भर्नका लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिने दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेललगायतका विवरण बुझाउनुपर्ने छ । डिभी कार्यक्रममा सहभागी हुन आवेदन निःशुल्क भएकाले कुनै शुल्क नलाग्ने, कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदनकर्तालाई कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।




