सामूहिक प्रयासले मात्रै अर्थतन्त्र सुधार हुन्छ : अर्थमन्त्री
२०८० आश्विन १९, शुक्रबार २०:३४
डा महत अर्थमन्त्री डा प्रकाशशरण महतले सामूहिक प्रयास र सकारात्मक सोचले मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताए । नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन चितवन पुगेका मन्त्री डा महतले यस्तो बताएका हुन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महतले नकारात्मक चर्चा र वार्ताले अर्थतन्त्र सुधारमा बाधा पु¥याएको गुनासो गरे । ‘देशको आर्थिक क्षेत्रमा देखिएको मन्दीलाई रोक्न आर्थिक क्षेत्रलाई गति दिन आवश्यक छ । जसका लागि वित्तीय नीति र अनुगमन नीतिले महत्वपूर्ण भूमिका खेल्छ ।” उनले भने, “आर्थिक सुधारका लागि जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, त्यसका लागि सकारात्मक वार्ता र छलफल आवश्यक छ।”




