डा चन्द्र भण्डारीकाे अवस्था सुधार हुदै
२०७९ फाल्गुन १०, बुधबार २१:४३
फागुन-१० मुम्बई , साँझ ८:१५ नेपाली काग्रेसकाे नेता डा चन्द्र भण्डारीकाे स्वस्थ्य क्रमिक रूपमा सुधार हुदैछ । चिकित्सक टाेली अनुसार CPAP मार्फत नाकबाट अक्सिजन दिईएको छ । उहाँ सचेत राम्ररी सचेत र सक्रिय हुनुहुन्छ ।
आफ्नो वरपरका जो कोहीसँग धेरै कुरा गर्न चाहानुहुन्छ। दिनभरि आफ्नो प्यारामिटरहरूको बारेमा ड्युटी नर्सहरू र डाक्टरहरूलाई सोध्नुभएको छ। मुखबाट तरल आहार हिजोदेखि सुरु भयको छ। अवस्था राम्रोसँग सुधारिएको छ, चिन्ता लिनु नपर्ने, सबै ठीक छ।
उच्च ईन्फेक्सन नहोस भनेर भेटघाट गर्न अस्पताल ले दिदैन।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन भनेर उनका सहयोगी
माधव न्यौपाने मुम्वई, भारतवाट जानकारी दिएका छन्




